March 29, 2024

स्थानीय तहको निर्वाचनको परिणाम एमालेको पक्षमा आउछ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको परिणाम एमालेको पक्षमा आउने विश्वास व्यक्त गर्नुभएको छ । शुक्रबार भक्तपुरको बालकोटमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले स्थानीय निर्वाचनमा गठबन्धन भन्दा एमालेले धेरै स्थानमा जित्ने दावी गर्नुभयो । ओलीले अब एमाले एक्लै एउटा र अरु मिलिजुली अर्को दल बन्ने बताउनुभयो । वडासम्म पनि एक्लै लड्ने हिम्मत कांग्रेसमा नरहेको उहाले बताउनुभयो । त्यस्तै ओलीले ९ वैशाखसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्न प्रस्ताव गरेको र आफुले अस्वीकार गरेको जिकिर गर्नुभयो ।

उहाले निर्वाचन हार्ने गठबन्धनका तर्फबाट आक्रमण गर्ने काम भइरहेको आरोप लगाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *