April 18, 2024

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय

सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीले आउँदो वैशाख ३० गते स्थानीय तहको चुनाव गर्नका लागि कानुन संशोधन गर्नु नपर्ने बताउनुभयो । मन्त्री कार्कीले निर्वाचन आयोगले नै जेठ ४ या वैशाख ३० गते चुनाव गर्दा कानुन संशोधन गर्नु नपर्ने जानकारी गराएको बताउनुभयो । यसअघि आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि प्रस्ताव गरेको तर सरकारले वैशाख ३० गते देशभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको उहाको भनाई छ ।

यसअघि आयोगले सरकारलाई जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न सुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *