March 28, 2024

५० शैंयाको अक्सिजन सहितको आइसोलेसन केन्द्र तयार

Nepal Traveller | Nepal's most visited website | A website that is  dedicated to promote tourism and Destination Nepal

नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगन्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० शैंयाको अक्सिजन सहितको आइसोलेसन केन्द्र तयार पारेको छ ।उप–महानगरपालिकाका कार्यबाहक नगरप्रमुख उमा थापा मगरले बिहिवारदेखि कोभिडका विरामीहरुको उपचार शुरु गर्ने गरि आईसोलेसन केन्द्र तयार पारिएको हो । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गर्न लागेको कार्यबाहक नगरप्रमुख मगरले जानकारी दिनुभयो । उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गरेपछि भेरी अस्पतालमा विरामीको चाप कम हुनेछ । नेपालगञ्ज उपमहानगरपालिकाले सामान्य विरामीका लागि ह्वाईट हाउसमा समेत आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ । आईसोलेसन वार्ड तयार गरेको उपमहानगरपालिकाले कोरोना परीक्षणका लागि स्वाव संकलन कार्य समेत सुरु गरेको मगरले बताउनुभयो ।

अस्पतालमा संक्रमितहरुको लागि बेडको अभाव देखिएपछि स्थानीय पालिका र वडा कार्यालयहरुले कोभिड आइसोलेसन निर्माण गर्न शुरु गरेका छन । त्यस्तै नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ को कार्यालयले आप्mनै वडामा निर्माण गर्न शुरु गरेको आईसोलेसन कक्षको काम पनि अन्तिम चरणमा पुगेको छ । वडाध्यक्ष मोहम्मद सफिक बेहनाले अक्सिजन सहितको १० बेडको कोभिड आइसोलेसन आइतबारदेखि सन्चालनमा आउने जानकारी दिनुभयो ।अध्यक्ष बेहनाका अनुसार आइसोलेसनमा ३ वटा सिसिटिभी क्यामेरा, वाइफाई सबै जडान गरिने भएको छ । अस्पताल संचालनका लागि २ जना मेडिकल अफिसर, ४ जना स्टाफ नर्सका लागि वडा कार्यालयले दर्खास्त आव्हान गरिसकेको पनि अध्यक्ष बेहनाले जानकारी दिनुभयो ।

One thought on “५० शैंयाको अक्सिजन सहितको आइसोलेसन केन्द्र तयार

Leave a Reply

Your email address will not be published. Required fields are marked *