October 13, 2021

तिहारमा रानीपोखरीको बालगोपालेश्वर मन्दिर दुई दिन खुल्ला

यस बर्षको तिहारमा रानीपोखरीको बालगोपालेश्वर मन्दिर दुई दिन खुल्ला गरिएको छ । मंगलबार नेवार समुदायका केही समूहले भाइटीका लगाउने भएपछि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको हो । यसअघि सोमबार पनि भाइटिकाका अवसरमा बालगोपालेश्वर मन्दिर खुल्ला गरिएको थियो । सो मन्दिर बर्षको एक दिन भाइटिकाका दिनमात्र सर्वसाधारणका लागि खुल्ला गरिदै आएको थियो ।

दिदी बहिनी नहुने दाजुभाइले बालगोपालेश्वर मन्दिरमा पुगेर पूजाआजा गरी टीका लगाउने प्रचलन रहेको छ । यसपटक सोमबार र मंगलबार टीका लगाउने भएपछि मन्दिरलाई दुई दिन नै खुल्ला गरिएको हो ।उक्त मन्दिर २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि ५ वर्ष सम्म पुनर्निर्माणका कारण बन्द रहेको थियो । तर अहिले पुनर्निर्माण सम्पन्न भएपछि तिहारमा टीका लागउन सर्वसाधारणका लागि खुला गरिएको हो ।

Leave a Reply

Your email address will not be published.