April 19, 2024

अन्तरविरोधकै कारण आफ्नो पार्टी कुनैपनि हालतमा नफुट्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, टोपबहादुर रायमाझीले अहिले देखिएको अन्तरविरोधकै कारण आफ्नो पार्टी कुनैपनि हालतमा नफुट्ने बताउनुभएको छ ।रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले पार्टीभित्रको अन्तरविरोधको सन्दर्भ र विषयवस्तु सामान्य भएको बताउनुभएको हो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सचिवालयमा पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन केन्द्रीय नेतादेखि तल्लो तह अर्थात् कार्यकर्तासम्म वितरण भैसकेकोले त्यसमा छलफल हुने उहाले बताउनुभयो ।

नेता रायमाझीले अहिले प्राप्त उपलब्धि गुम्दा यसको असर नेकपाका आम नेता÷कार्यकर्ता, शुभचिन्तकलाई मात्रै नभई जनतामा पनि प्रत्यक्ष प्रभाव पर्ने धारणा राख्नुभयो । रायमाझीले अहिले देखिएको पार्टीभिको विवाद र समस्या आफूहरुले कुनैपनि हालतमा समझदारीका साथ हल गर्ने विश्वास व्यक्त गर्नुभयो ।उहाले अध्यक्ष दाहालको प्रतिवेदन सचिवालयमा गैसकेकोले त्यसमा विधिसम्मत रुपमा छलफल हुनुपर्ने जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *