October 24, 2021

नेपाल तेक्वान्दो संघले पारा राष्ट्रिय टिमलाई ट्रयाक सुट तथा खेलपोशाक वितरण

नेपाल तेक्वान्दो संघले पारा राष्ट्रिय टिमलाई ट्रयाक सुट तथा खेलपोशाक वितरण गरेको छ ।
बुधबार सातदोबाटोस्थित तेक्वान्दो संघको केन्द्रिय कार्यालयमा रहेको हलमा कांग्रेसका खेलकद विभाग प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यतामा पारा राष्ट्रिय टिमका खेलाडीलाई ट्रयाक सुट तथा खेल पोशाक वितरण गरिएको हो ।तेक्वान्दो खेलाडी संगिना वैद्य र रवि महर्जनले संयोजन गरेको कार्यक्रममा खेलाडीलाई ट्रयाक, जुत्ता, ब्याग र टिशर्ट प्रदान गरिएको थियो ।कार्यक्रममा बिभागका प्रमुख बस्नेतले खेल र खेलाडीको बिकास आफुहरुको प्राथमिकता रहेको बताउनुभयो । उहाले नेपालको खेल जगतलाई अन्तराष्ट्रिय स्तरमा पुराउन सवैले हात्तेमालो गर्नुपर्ने धारणा पनि राख्नुभयो ।

तेक्वान्दोकी पूर्व खेलाडी तथा प्रशिक्षक संगिना वैद्यले विभिन्न सहयोगी संस्था तथा ब्यक्तिसंग सहकार्य गरेर पारा खेलाडीलाई खेल सामाग्री जुटाईएको जानकारी दिनुभयो ।कार्यक्रममा नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले कोरोनाले थला परेको घरेलु खेलकुदको समयमा सराहनिय काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।संघका अनुसार बज्र सेक्युरिटीले ट्रयाक, गोदावरीले जुत्ता, स्तम्भ बहुउद्धेश्य सहकारीले ब्याग र पूर्व कराते खेलाडी बिनोद महर्जन र उमेश मल्लले टिशर्ट सहयोग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.