December 5, 2023

वर्तमान सरकार पाँच बर्षसम्म टिक्ने दावी: प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच बर्षसम्म टिक्ने दावी गर्नुभएको छ । बुधबार काठमाडौंमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकार पाँच वर्षसम्म चल्ने भन्दै सरकार फेरिने चिन्ता नगर्न आग्रह गर्नुभयो । उहाले संविधानले राज्यको अग्रगामी पुनर्संरचनासहित अधिकारको व्यवस्थित बाँडफाँट गरेको भन्दै यसको ठीक ढंगले प्रयोग र अभ्यास गर्न सकेमा नेपालको संघीय प्रणाली विश्वकै निम्ति अनुपम उदाहरण बन्न सक्ने उल्लेख गर्नुभयो ।

संविधानले व्यवस्था गरेअनुरूप राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको सही विन्यास गर्न संघीय कानुनहरू यथाशीघ्र निर्माण गर्नुपर्ने राष्ट्रिय दायित्व गरेकाले वर्तमान सरकार संघीय शिक्षा ऐन, संघीय निजामती ऐन लगायत महत्वपूर्ण ऐनहरू निर्माण गर्न सक्रियताका साथ लागिरहेको उहाले बताउनुभयो । उहाले स्थानीय तहको सेवाप्रवाहरुलाई चुस्त र जनउत्तरदायी बनाउदै नागरिकको आत्मीयता र अपनत्वबोधका निम्ति गम्भीर भूमिका खेल्नुपर्ने बताउनुभयो । सरकारले जारी गरेका १६ ऐनहरूमा न्यायिक समितिको भूमिकाबारे व्यवस्था गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसका माध्यमबाट न्याय निरूपणमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । काठमाडौंमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले केन्द्रको सरकार पाँच बर्ष नटिक्दा स्थानीय तहले समन्वय गर्न समस्या हुने गरेको बताउनुभयो ।

उहाले महानगर सभ्यता जोगाउन र सार्वजनिक सम्पती जोगाउन लागिपरेको भन्दै यसमा केन्द्र सरकारले साथ दिनुपर्ने जिकिर गर्नुभयो । बिहीबारसम्म चल्ने सम्मेलनमा सवै पालिकाका न्यायिक समितिका संयोजक वा सदस्य मध्येबाट एक–एक जना गरि ४ सय ५० पालिकाबाट सहभागीता रहेको छ । विवाद निरुपण काठमाडौं घोषणा पत्र जारी गर्दै सम्मेलन समापन हुने महानगरकी उपप्रमुख सुनिता ढंगोलले बताउनुभयो ।

वर्तमान सरकार पाँच बर्षसम्म टिक्ने दावी: प्रचण्ड Read More

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको तेस्रो प्रधानमन्त्री कार्यकाल देश र जनताको समृद्धिको लागि सफल हुने दावी गरिन्

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको तेस्रो प्रधानमन्त्री कार्यकाल देश र जनताको समृद्धिको लागि सफल हुने दावी गर्नुभएको छ । रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले वर्तमान सरकारले देश र जनतालाई प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्री प्रचण्डको तेश्रो कार्यकाल सफल हुने दावी गर्नुभएको हो । मन्त्री शर्माले प्रधानमन्त्री तेस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा आम जनतामा नयाँ आशा र अपेक्षा देखिएको बताउनुभयो । मन्त्री शर्माले सरकारले केही महत्वपूर्ण कामको थालनी गरेको भन्दै छिटोभन्दा छिटो संक्रमणकालिन न्यायलाई टुँगोमा पुर्याउने बताउनुभयो ।

उहाले यसमा सर्वोच्चका फैसलाका नजिरलगायत सबैलाई समेट्ने कोशिस गरिएको धारणा राख्नुभयो । यस्तै, उहाले नेपालमा पछिल्लो समय मिडियाको विकास तिव्र भएको उल्लेख गर्दै त्यसको लागि आम सञ्चार ऐन जरुरी रहेको जिकिर गर्नुभयो ।उहाले भारत भ्रमणको क्रममा आफूले एकपक्षीय र द्धिपक्षीय थुप्रै भेटवार्ता गरेको पनि जानकारी दिनुभयो ।

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको तेस्रो प्रधानमन्त्री कार्यकाल देश र जनताको समृद्धिको लागि सफल हुने दावी गरिन् Read More

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई दज्र्यानी चिह्न प्रदान

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।आइतबार उहाँलाई गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले आईजीपीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । कार्यक्रममा गृहसचिव सिंहले देशलाई अहिले अनुशासित र स्वच्छ तथा व्यवसायिक प्रहरी चाहिएको भन्दै व्यवसायिक प्रहरी भन्नेबित्तिकै तालिम, नयाँ प्रविधिका कुराहरु रहेको बताउनुभयो । पछिल्लो समय प्रविधिको प्रयोगमार्फत हुने अपराध बढेको भन्दै गृह सचिव सिंहले अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यकता रहेको बताउनुभयो । सचिव सिंहले प्रहरीलाई अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापहरुलाई शुन्य सहनशीलतामा लैजानुपर्ने भन्दै नवनियुक्त प्रहरी महानिरीक्षकबाट त्यही अपेक्षा रहेको बताउनुभयो ।दज्र्यानी चिह्नबाट सुशोभित भएपछि आईजीपी कुँवरले नेपाल प्रहरी राज्यको पहिलो अनुभूति दिलाउने अंग रहेको भन्दै राज्यप्रतिको भरोसा बढाउन प्रहरी संगठनको आन्तरिक शुद्धिकरण र सुदृढीकरणमा जोड दिने बताउनुभयो । उहाँले प्रहरीको आन्तरिक सुदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा रहेको भन्दै यसबाट किञ्चित पनि नडगमगाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफ्नो कार्यकालमा अपराधको रोकथाम, अनुसन्धान, कुनै पनि बाहना र विकल्पबिना शान्ति सुरक्षाको व्यवस्थाका लागि नेपाल प्रहरी कटिबद्ध रहने बताउनुभयो ।

प्रहरी संगठनको क्षमता अभिवृद्धि, न्यूनतम मानवीय आवश्यकता, श्रोतसाधनको समान वितरणमा निष्पक्षता कायम रहने पनि उहाँले बताउनुभयो । नवनियुक्त महानिरीक्षक कुँवरले अपराध, अपराधिक प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । गत शुक्रबारको मन्त्रिपरिषद बैठकले कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई दज्र्यानी चिह्न प्रदान Read More

माधव कुमार नेपालले पुरानो नेकपालाई ब्युँताउन प्रस्ताव गरेपनि केपी ओलीले अस्वीकार गरे

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पुरानो नेकपालाई ब्युँताउन प्रस्ताव गरेपनि केपी ओलीले अस्वीकार गरेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन(समाजवादी)को तेश्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले कम्युनिष्टलाई एकतावद्ध गर्नका लागि सवैले त्याग गरेर नेकपा ब्युँताउन प्रस्ताव गरेपनि ओलीले अस्वीकार गरेको बताउनुभएको हो ।उहाले बिहीबार नै प्रचण्डसंगको भेटमा पनि पुरानो पार्टी नेकपालाई ब्युँताउन प्रस्ताव गरेको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले बिभिन्न पार्टी भित्र गलत प्रवृतिबिरुद्ध जुध्नुपर्ने आवाज उठेको भन्दै समाजलाई परिवर्तन गर्न एकतावद्ध कम्युनिष्ट पार्टी आवश्यक रहेको धारणा राख्नुभयो ।

कम्युनिष्ट पार्टीभित्र अवसर हावी भएको भन्दै आफुहरु कम्युनिष्ट पार्टीलाई सहि बाटोमा लैजान प्रत्यनशिल रहेको उहाको भनाइ छ । उहाले पार्टीलाई बलियो बनाउनका लागि संगठनमा रहेकाहरुले सवै स्थानीय तहमा पार्टी सञ्जाल विस्तार गर्नुपर्ने बताउनुभयो ।

माधव कुमार नेपालले पुरानो नेकपालाई ब्युँताउन प्रस्ताव गरेपनि केपी ओलीले अस्वीकार गरे Read More