July 28, 2021

प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन

सडकमा ओली समर्थकको प्रदर्शन : फैसला मानिँदैन - Nepal Page Nepal Page

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् ।सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुले सबै फैसला मानिंदैन लेखिएको ब्यानर प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले ‘शक्ति पृथकीकरणको रक्षा गरौं, संवैधानिक सर्वोच्चता कायम गरौं’, ‘आइ एम विथ केपी ओली’ लगायत नारा लगाएतका थिए । सर्वोच्चले फैसला गरेलगत्तै ओलीनिकट सांसद महेश बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध आन्दोलनको घोषणा गर्दै प्रदर्शनमा उत्रन आह्वान गर्नुभएको थियो । प्रदर्शनमा सहभागी हुनुभएका बस्नेतले खिलराज रेग्मी बन्ने सपना नदेख्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई चेतावनी दिनुभयो ।

उहाले न्यायमूर्तिहरुले संविधानको रक्षा गर्न नसकेको आरोप लगाउनुभयो । बस्नेतले अन्तराष्ट्रिय सेटिङबाट सर्वोच्चलाई घाँस खुवाएर गराइएको फैसला गराएको टिप्पणी गर्नुभयो । सर्वोच्च अदालतलाई प्रधानमन्त्री चयन गर्ने अधिकार संविधानको कुनै धाराले नदिएको उहाले बताउनुभयो ।
सर्वोच्चको फैसलापछि अप्रिय घटना हुन सक्ने भन्दै सर्वोच्च अदालतदेखि नयाँ बानेश्वर लगाएत बिभिन्न क्याम्पस अगाडी ठूलो संख्यामा सुरक्षाकर्मी परिरचालन गरिएको थियो ।

Read More

सर्वोच्च अदालतको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना

सर्वोच्च अदालत नेपाल | Supreme Court of Nepal | Chief Justice of Nepal -  Nepal Lawyer

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताउनुभएको छ ।सर्वोच्च अदालतको फैसला पश्चात प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जितको संज्ञा दिनुभयो । उहाँले अदालतको सोमबारको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको बताउनुभयो । उहाले पार्टीको तर्फबाट र गठबन्धनको तर्फबाट पनि र सर्वोच्च अदालत, सम्माननीय प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरुलाई बधाई र धन्यवाद दिनुभयो । प्रचण्डले अदालतसंग सेटिङ आफुले नभइ केपी ओलीले गरेको र अदालतलाई प्रभाव पार्ने काम पनि ओलीले गरेको तर्क गर्नुभयो ।

पटकपटकको संसद विघटन र पटकपटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको स्थितिमा जनताको जीतको रुपमा अगाडि आएको देखेको उहाले बताउनुभएको छ ।

Read More

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन

cholendra-shamsher-jabara – Birat Khabar

नेकपा एमाले केपी ओली समर्थकहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरेका छन् ।सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको भन्दै उनीहरुले प्रधानन्यायाधीशको पुत्ला दहन गरेका हुन् ।

केपीओलीको समर्थनमा नारा लगाउदै पुत्दा दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । अदालतको आदेशपछि एमाले निकट संगठनहरु आन्दोलित भएका छन् ।

Read More

थप २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा सोमबार थप २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ७ हजार ६ सय ८९ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय ९० जना र ३ हजार ८ सय ९५ एन्टीजेन परिक्षणका क्रममा ६८० जनामा कोरोना संक्रमणपुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १ हजार ४ सय ५८ पुगेको छ ।त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएकोे छ, हालसम्म नेपालमा ९ हजार ४ सय जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार १ सय ३३ संक्रमित निको हुँदा हालस्म्म नेपालमा ६ लाख २१ हजार २७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल २६ हजार ७१२ सक्रिय संक्रमित आइशोलेशन र २९९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख २३ हजार १६४ वटा पिसिआर र २ लाख ३८ हजार ६७२ वटा एन्टीजेन परिक्षण गरिएको छ ।

Read More

उपत्यकामा सार्वजनिक यातायात सञ्चालन

Government allows public vehicles to resume service by following health and  safety protocols

काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक यातायात सञ्चालन भएका छन् ।दुई महिनाको निषेधाज्ञापछि मंगलबारदेखि सार्वजनिक यातायात जोर विजोर प्रणालीमा सञ्चालन भएको हो । २५ सीटभन्दा बढी क्षमताका बस मात्र बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । तर न्युन मात्रामा चलेका सार्वजनिक यातायातमा यात्रुको भिड देखिएको छ भने स्वास्थ्य सतर्कता अपनाएको पाइएको छैन । कारोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत वैशाख १६ निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमित घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णयका साथ थप एक साता निषेधाज्ञा थप गरिएको छ ।

यसअघिदेखि नै निजी सवारी साधन पनि जोर–बिजोर प्रणालीअनुसार सञ्चालन हुँदै आएका छन् । तर लामो दूरीका सवारी साधन भने सञ्चालन गर्न पाइने छैन । सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।

Read More

महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच छलफल

निधि, कोइराला र सिंहबीच लन्च मिटिङ, देउवालाई प्रधानमन्त्री र सहमतिमै  नेतृत्व खोज्नुपर्ने विषयमा छलफल - Everest Dainik - News from Nepal

पार्टीको महाधिवेशन नजिकिदै जादा कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको छलफलले तीव्रता पाएको छ ।मंगलबार तीन नेताबीच सिंह निवास चाक्सीबारीमा महाधिवशेन र सभापतिको उम्मेद्वारीका बिषयमा छलफल भएको हो । तोकिएको समयमा नै १४ औं महाधिवेशन सम्पनन गराउने र क्रियाशिल सदस्यताका साथै समायोजनाका बिषयमा छलफल भएको नेता सिंहले बताउनुभयो । उहाले महाधिवेशनलाई लोकतान्त्रीक पद्धती अनुसार अघि बढाउनका लागि प्रक्रिया पुरा गरेकालाई क्रियाशिल सदस्यता दिनुपर्नेमा छलफल भएको बताउनुभयो । अहिलेको अवस्थामा पार्टीलाई लोकतान्त्रीक पद्धती अनुसार चलाउनका लागि शुक्रबार कोइराला निवासमा सवै केन्द्रीय सदस्यहरुसंग छलफल गर्ने सहमति भएको उहाको भनाई छ ।

त्यस्तै त्यसपछि यसअघिको महाधिवेशमा सभापतिको उम्मेद्वार भएकासंग पनि छलफल गर्ने उहाले जानकारी दिनुभयो ।सिंह, कोइराला र निधि तीनै जना आगामी महाधिवेशनमार्फत् सभापति बन्न आकांक्षी हुनुहुन्छ । निधि वर्तमान सभापति शेरबहादुर देउवानिकट मानिनुहुनछ भने सिंह र कोइराला संस्थापन इतरमा हुनुहुन्छ । यसअघि पनि तीन नेताबीच लगातार छलफल भइरहेको छ ।

Read More

निःशुल्क कानुनी सहायता र न्यायिक समितिको क्षमता अभिवृद्धि

Kanun mantri tamang - YouTube

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले निःशुल्क कानुनी सहायता विस्तार र न्यायिक समितिको क्षमता अभिवृद्धिमा मन्त्रालयले जोड दिएको बताउनुभएको छ ।पदबहाली पश्चात मन्त्रालयबाट भएका मुख्य कामका बोरमा जानकारी दिन मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले निःशुल्क कानुनी सहायता ४७ जिल्लाबाट ७७ वटा जिल्लामा विस्तार गरिएको जानकारी दिनुभयो ।यसबाट आर्थिक कमजोरीका कारण कानून व्यवसायीको सेवा लिन नसक्ने नागरिकहरुलाई निशुल्क सेवा उपलव्ध हुने मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठले स्थानीय तहको न्यायिक समितिको क्षमता अभिवृद्धि, निःशुल्क कानुनी सहायता र छुवाछुत तथा विभेद विरुद्धको कार्यक्रम प्रभावकारी बाउन नीतिगत व्यवस्था भएको र त्यसका लागि बजेट व्यवस्था गर्ने पहल भइरहेका बताउनुभयोे ।

आफ्नो कार्यकालमा मौलिक हक सम्बन्धी १४ वटा नियमावलीमध्ये १३ वटाको निर्माण गरी कार्यान्वयनमा ल्याएको, १८ वटा नियमावलीको मस्यौदा गरेको, ६ वटा विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको र १८ वटा अध्यादेश जारी भएको पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।सोहि अवधिमा अन्तराष्ट्रिय कनून तथा सन्धि सम्झौतालाई प्रभावकारी बनाउन राय सुझाव दिइएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

Read More

नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ

चोरीका गाडीको नक्कली 'ब्लु बुक' बनाएर बेच्ने गिरोह पक्राउ « Khabarhub

नेपाल प्रहरीले चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतबाट गाडी चोरी गरि नेपाल भित्राउने र नक्कली काजगातका साथै नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरि सार्वजनिक गरेको हो । भन्सार छली चोरी पैठारी गरी काठमााडौंमा गाडी ल्याई नक्कली सवारी दर्ता किताव लगाएतका कागजातहरु तयारी गरि कारोवार हुने गरेको बिशेष सूचनाको आधारमा प्रहरीले दुई वटा हुन्डाइको क्रेटा गाडी नियन्त्रणमा लिएको थियो । उक्त गाडी प्रयोग गर्ने व्यक्तिबाट अनुसन्धान गर्दै जाँदा ब्लु बुक बनाउनेलाई पनि पक्राउ गर्न सफल भएको महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले जानकारी दिनुभयो । पक्राउ पर्नेमा लमजुङ घर भइ सामाखुसी बस्ने कमल बाबु भट्ट, भक्तपुर चागँुनारायण बस्ने मधु सिलवाल र अरुण खड्का तथा मोरङ घर भइ शान्तिनगर बस्ने रेवतीरमण निरौला रहेका छन् ।

पक्राउ गरेका निरौलाको डेराबाट नक्कली शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छाप, होला ग्राम, लाइसेन्स, राहदानी लगाएतका सामाग्री बरामद गरिएको खापुङले जानकारी दिनुभयो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको खापुङले बताउनुभयो ।यस्तै प्रहरीले ईटाली पठाईदिन्दु भनी तीनजनासंग रु ३१ लाख ५० हजार रकम लिएर अजरवैजानसम्म पुराई बिचल्ली बनाउन एक जनालाई पनि पक्राउ गरेको छ । पक्राउ गर्नेमा उदयपुर घर भइ बुढानिकण्ठ बस्ने उमेश रेग्मी रहेका प्रहरीले जनाएको छ ।

Read More

प्राप्त उपलव्धी गुम्न सक्ने खतरा

Nepal needs to present its achievements before global community-Gyawali «  dainiki

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई अहिले चौतर्फी घेराबन्दीमा पार्न खोजिएको भन्दै यसले प्राप्त उपलव्धी गुम्न सक्ने खतरा पैदा भएको बताउनुभएको छ ।राष्ट्रिय धान दिवसका अवसरमाा राष्ट्रिय युवा संघ नेपालले मंगलबार भक्तपुरमा आयोजना गरेको रोपाइ विशेष कार्यक्रममा ज्ञवालीले मुलुकलाई बिकासको बाटोमा अघि बढाउने काममा सरकार लागेपनि घेराबन्दी गर्दै यसलाई अवरुद्ध पार्न खोजिएको बताउनुभएको हो । उहाले यसअघि पनि पटक पटक घेराबन्दीको सामना गर्नुपरेको भन्दै अहिलेको घेराबन्दीको पनि सामना गर्ने दावी गर्नुभयो । उहाले एमाले नेतृत्वको सरकारले नेपाली किसानको पिडालाई मुक्ति दिने गरि काम गरेको धारणा राख्नुभयो ।

किसानको कामलाई गौरबको बिषय बनाउने हिसावले किसानलाई सामाजिक सुरक्षाको व्यवस्था पनि यहि सरकारले गरेको उहाको भनाई छ ।त्यस्तै एमाले नेता महेश बस्नेतले नेपालमा कृषिलाई आधुनिकिकरण गर्न सक्ने युवाहरु बिदेशीन नपर्ने बताउनुभयो ।

Read More

थप २,६३६ जनामा कोरोना पुष्टि

COVID-19 (Coronavirus) Update!

नेपालमा मंगलबार थप २,६३६ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको ७ हजार २ सय ५९ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय २८ र ४ हजार ४ सय ८९ एन्टीजेन परिक्षणका ९०८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७० हजार ८ सय ५७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ७१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ४३४८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ५ लाख ९२ हजार ५३५ जनाले कोरोना जितेका छन् । हाल नेपालमा ३५ हजार ३१० सक्रिय संक्रमित आइशोलेशन र ३३८ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३३ लाख ३६ हजार ९४६ पिसिआर र १ लाख ८४ हजार ४३० वटा एन्टीजेन परिक्षण भएको स्वास्थ्य मनत्रालयले जनाएको छ ।

Read More