April 20, 2024

नेपालद्धारा टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश

Nepal captain Gyanendra Malla, two other cricketers test positive for  COVID- The New Indian Express

नेपाल शीर्ष स्थानमा रहदै घरेलु भूमिमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।टियु क्रिकेट मैदानमा बिहीबार भएको अन्तिम लिग खेलमा मलेसियालाई ६९ रनले पराजित गर्दै नेपाल शीर्ष स्थान हासिल गर्दै फाइनल पुगेको हो । नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ४८ रन मात्र बनाउन सक्यो ।मलेसियाका अमिनुद्धीन राम्लीले सर्वाधिक ४१ रन बनाए । अहमद फैजले ३१ रन जोड्दा फित्री सामले १४ र विरन्दिप सिंहले १३ रन बनाए । नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए । त्यस्तै सुशन भारीले एक विकेट लिए ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । नेपालका लागि करण केसीले सर्वाधिक ४५ रन बनाए । यस्तै आसिफ शेखले ४२ तथा कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन बनाए । दिपेन्द्र सिंह ऐरी ३३ रनमा आउट भए ।

मलेसियाका अनवर रहमान, फित्री शाम र साद अजिजले समान दुई–दुई विकेट लिए । त्यस्तै मोहम्मद आफिकले एक विकेट लिए । अब नेपालले फाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ । नेपालले ४ खेलमा ३ जितसहित ६ अंक जोड्यो । नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो । नेदरल्यान्ड्सले ४ खेलमा ५ अंक जोड्यो ।मलेसिया ४ खेलमा १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *