April 30, 2024

उपत्यकामा कोरोना नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा जारी

Nepal imposes nationwide lockdown to control possible spread of COVID-19 |  DD News

काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा जारी छ ।निषेधाज्ञाका कारण सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको ट्राफिक महाशाखाले जनाएको छ । निषेधाज्ञा लागू गराउन मुख्य सडक र चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीले अत्यावश्यक सेवाका बाहेक अन्य सवारीलाई रोकेर होल्डिङ सेन्टरमा राखेको छ । निषेधाज्ञा कार्यान्वयन गराउनको लागि प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकिङ गर्दै आएको छ । शुक्रबार १० दिनका लागि थप गरिएको निषेधाज्ञामा सरकारले बिहानको समयमा किराना पसल, वर्कसप, निर्माण कार्य लगायत खोल्न दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *