May 2, 2024

प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल

प्रतिनिधिसभामा चैत्र दुई गते प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने भएको छ । आइतबार बसेको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले आगामी चैत्र दुई गते बस्ने बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी गराउनुभएको हो । त्यसअघि आइतबारको बैठकमा एमालेको अवरोधका बीच माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबराविरुद्धको महाअभियोग प्रस्ताव पेश गर्नुभएको थियो । उहाले प्रधानन्यायधीश जवराले स्वतन्त्र न्यायपालिकाको सिद्धान्त विपरीत काम गर्न खोजेकोले महाअभियोग प्रस्ताव ल्याउनुपरेको बताउनुभयो । प्रधानन्यायधीश जवराकै कारण न्यायालयमा भ्रष्ट्राचार, विकृति र विसंगति देखा परेको उहाले बताउनुभयो । उहाले प्रधानन्यायायधीश जबराले संविधानले दिएको क्षेत्राधिकारलाई पूरा गर्न नसकेको आरोप पनि लगाउनुभयो । न्याय क्षेत्रलाई क्रियाशील र चलायमान गराउने अन्तिम विकल्पको रुपमा महाअभियोग ल्याइएको दावी पनि गर्नुभयो ।

गत फागुन १ गते ३ जना प्रस्ताव र ९५ जना समर्थिकसहित प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो भने फागुन २२ गते बसेको प्रतिनिधिसभाको बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *