May 2, 2024

प्रधानमन्त्री ओलीले शक्तिको दुरुपयोग गर्न नहुने धारणा

Image result for oli

नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले प्रधानमन्त्रीको तर्फबाट सर्बोच्चलाई धम्काउन नमिल्ने बताउनुभएको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले सत्तामा बसेको मान्छेले सडक कब्जा गर्न नमिल्ने भन्दै प्रधानमन्त्री केपी ओली श्री ३ भैसक्नु भएजस्तो देखिएको बताउनुभयो । उहाँले प्रधानमन्त्री सर्बेसर्बा नभएको भन्दै नेकपाको दुवैतिर अतिवाद रहेको आरोप लगायनुभयो । उहाँले प्रधानमन्त्रीले कसका लागि आन्दोलन गर्ने भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीले शक्तिको दुरुपयोग गर्न नहुने धारणा पनि राख्नुभयो ।

नेपाल बार एशोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले अहिले अदालतसामू ठूलो चूनौति रहेको उल्लेख गर्दै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा दुवै पक्षबाट अदालतमाथि हमला भएको बताउनुभयो । उहाँले संविधान र कानूनले तोकेको परिधिभन्दा बाहिर गएर फैसला आउँदैन् भन्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले संसद विघटन गर्ने अधिकार संविधानमा नराखिएको सुनाउनुभयो । उहाँले २०७२ को संविधान धारा ७६ राख्नुको कारण फूट टर्ममा सरकारले काम गर्न पाओस भनेर राखिएको बताउनुभयो । उहाँले अहिलेको संसद् विघटन संविधानसम्मत् नभएको भन्दै संसद पूनःस्थापना हुनुपर्ने पनि धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *