April 26, 2024

व्याडमिन्टन प्रतियोगिता(२०७७) शुक्रबार देखी सुरु

Image result for badminton

लाफा समूह बुटवलको आयोजनामा तेस्रो लाफा राट्रिय खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता(२०७७) शुक्रबार देखी सुरु भएको छ । खेलकुद र सामाजिक गतिविधिमा क्रियाशिल लाफा समुहले खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्य सहित आयोजित प्रतियोगिता शुक्रबार देखी बुटवलमा सुरु भएको हो । प्रतियोगितामा ८० टिमको सहभागीता रहेको छ । काठमांडौ, चितवन, कास्की, दाङ्ग, बाकें, कैलाली, बाग्लुङ्ग, गुल्मी, पाल्पा, लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी भएको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिबराज सुबेदीले महानगरपालिका खेल क्षेत्रको विकासका लागी एकीकृत विकास योगनामा लागेको बताउनुभयो । सुवेदीले सबै मिलेर समृद्ध बुटवल निर्माणका लागी लाग्न आग्रह गर्दै राम्रा काम गर्नेलाई पुरस्कृत र गल्ती गर्ने जो कोहीलाई सजायको भागीदार बनाउन आग्रह गर्नुभयो ।

नगर प्रमुख, बुटवल उपमहानगरपालिकाका प्रतियोगितामा खुलातर्फ ५८ तथा भेट्रान्स तर्फ २८ बढी टिमको सहभागीता रहेको आयोजक लाफा समुहले जनाएको छ । प्रतियोगितामा खुल्ला तर्फका विजेताले ५५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले ४१ हजार ५ सय ५५ तथा तेस्रो हुनेले ३१ हजार ५सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार ५ सय ५५, दोस्रो पुरस्कार १५ हजार ५ सय ५५ र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *