April 27, 2024

थप ७२२ जनामा कोरोना पुष्टि

नेपालमा मंगलबार थप ७२२ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ भने हालसम्म १७ सय ९८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा थप ९६६ जना कोरोनामुक्त हुदा हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको छ । हाल ७ हजार ७२९ जना आइशोलेशनमा छन् भने ४१३ जना क्वारेन्टाइनमा छन् । हालसम्म १८ लाख ८४ हजार १८१ वटा पिसिआर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *