May 2, 2024

विश्व पृथ्वी दिवस, ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ मनाइयो

विश्व पृथ्वी दिवस, ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइएको छ । दिवसको अवसरमा युवाहरुले काठमाडौंको भृकुटिमण्डपमा हरियाली बचाऔं भन्दै पर्यावरण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेका छन् । पृथ्वीको बढ्दो तापमान अहिलेको मुख्य चुनौती बनेको छ । बर्सेनि शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा बरफका चुचुरा पग्लिँदै गएका छन् । प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेका छन् । सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो ।

सन् २००९ मा संयुक्त राष्ट्र सङ्घको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *